२०७७ जेष्ठ २१ : काठमाडौँ – कर्णाली प्रदेशमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा संक्रमितको संख्या २७८ पुगेको छ । दैलेख र कालिकोटमा ७र७ तथा सल्यानमा थप दुई जनामा संक्रमण देखिएको हो ।
सुर्खेत र जुम्लामा गरिएको परीक्षणको क्रममा अछामका १० तथा बाजुरा र अछामका एक एक जनामा पनि कोरोना पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।