काठमाडौ । सेयर बजार जेठ ३२ गते सम्म नै बन्द हुने भएको छ । सरकारले पछिल्लो पटक लक डाउनको अवथि थप गरेर जेठ २१ गते देखि ३२ गतेसम्म कायम गरेपछि उक्त अवधिसम्म सेयर बजार बन्द गर्ने निर्णय गरिएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जानकारी दिएको छ । बिश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को नियन्त्रण तथा रोकथामको लागि सरकारले चैत ११ गते देखि नै लक डाउन गर्दे आएको छ । सोही आधारमा बढ्दो संक्रमणलाई ध्यानमा राखेर लक डाउनको अवधिभर सेयर बजार बन्द गर्ने नेपाल धितोपत्र बोर्ड समेतको निर्देशनमा सेयर बजार बन्द गरिएको नेप्सेले जानकारी दिएको छ ।