काठमाडौं, जेठ २१ः नेपालमा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संङख्या ९ पुगेको छ । यस्तै नेपालमा थप २ सय १ कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित हुनेको संङख्या २३ सय पुगेको छ । संक्रमित मध्ये पुरुषको संख्या २१ सय ३० र महिला १ सय ७० जना हुनुहुन्छ । संक्रमण ६४ जिल्लामा फैलिएको छ । कोरोना संक्रमण जितेर निको हुनेको संङख्या २ सय ७८ पुगेको छ । हालसम्म सातैसम्म क्वारेन्टिनमा १ लाख ५५ हजार ८ सय ५५ जना हुनुहुन्छ । हालसम्म पिसिआर परिक्षण ८० हजार २ सय ६७ वटा परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ४ हजार ९ सय वटा पिसिआर परीक्षण भएको छ ।-