दुइ दिनदेखि बीरगन्जमा व्यवसाय सन्चालन गर्न माग गरिरहेका व्यवसायीले बुधबार सरकारबिरूद्ध तीब्र आक्राेश व्यक्त गरेका छन् । उनीहरूले लकडाउनकाे समयमा कर तिर्न नसक्ने भन्दै नाङ्गै प्रर्दशन गरेका हुन् । उनीहरूले कर तिर्न सक्दैनाै, व्याज मिनाह गर, चुल्हाे निभेकाे छ, व्यापारी मार्न पाइदैन जस्ता नारा लगाएका थिए । उनीहरूले अर्थमन्त्रीप्रति तीब्र आक्रोश जनाउँदै केही अमर्यादित नारा समेत बनाएका छन् । लकडाउनकाे समयमा कर तिर्न सरकारले उर्दी गरेपछि व्यवसायी आन्दाेलित भएका हुन । उता नारावाजी भइरहँदा यता सरकारले कर तिर्ने म्याद असार ७ गतेसम्मका लागि सारिसकेकाे छ ।