२०७७ जेष्ठ २२ : काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गर्न सकिने सम्भावना देखिएको मलेरियाको औषधि हाइड्रोक्सिक्लोरोक्वीनको परीक्षण पुनः सुरु गर्ने भएको छ । केही समयअघि एक विस्तृत अध्ययनमा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगले कोभिड–१९ का बिरामीको मृत्यु हुने जोखिम बढाउने देखिएपछि डब्लुएचओले परीक्षण तत्कालका लागि रोकेको थियो । तर डब्लुएचओका विज्ञहरुले होइड्रोक्सीक्लोरोक्वीनसहित सबै सम्भावित औषधिको परीक्षण सुरक्षित रुपमा गर्न सुझाव दिएका हुन् । विज्ञहरुको सुझावका आधारमा हाइड्रोक्सिक्लोरोक्वीनसहित सबै औषधिको परीक्षण नियमित गर्ने निर्णय भएको डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोस बुधबार बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।