नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

Politics

 २०७७ जेष्ठ २६ : काठमाडौँ  – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसको सो बैठकमा कोभिड–१९ को महामारीका सम्बन्धमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यस्तै समसामयीक राजनीतिक घटनाक्रमका बारेमा पनि परामर्श हुनेछ ।