२०७७ जेष्ठ २६ : काठमाडौँ – जागिरबाट निकालेको भन्दै अछामको बयलपाटा अस्पतालका एकजना कर्मचारीले आफ्नै शरीरमा आगो लगाएका छन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक भारतीका अनुसार साफेँबगर नगरपालिकाका सिदार्थ आउजीले सोमबार अस्पताल परिसरमा आफ्नो शरीरमा पट्रोल छर्केर आगो लगाएका हुन् ।
अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३२ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो । दुई महिना अगाडि नै अस्पतालले हटाएको चिठी दिएपछि सिदार्थ तनावमा रहेको हटाइएका अर्का कर्मचारी विशाल पण्डितले बताए । डीएसपी भारतीका अनुसार उनलाई उपचारको लागि हेलिकप्टरमार्फत कोहलपुर पठाइएको छ ।