काठमाडौँ – नेपालमा मंगलबार थप ३ सय २३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ३२३ जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताउनु भयो ।
डाक्टर गौतमका अनुसार अहिले देशभरका आइसोलेसनमा ३ हजार ४ सय ८७ जना संक्रमित रहेका छन् । पछिल्लो २४ धण्टामा ९६ जना डिस्चार्ज भएका छन् । योसँगै आजसम्म ५ सय ८४ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ जना रहेको छ ।