Nepal Airlines

राति नौं बजे नारिता उड्दै नेपाल वायुसेवा, यात्रुको विरोधपछि नागरिक उड्ड्यन प्राधिकरण उडान अनुमति दिन बाध्य

News

काठमाडौँ, २७ जेठ । नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको जहाजलाई जापानको नारिताका लागि उडान अनुमति दिएको छ। केही दिनअघि गरेको आफ्नै निर्णय लत्याएर उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई जापानको नारिताका लागि उडान अनुमति दिएको हो।

नारिता जान मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यात्रुले विरोध गरेपछि नागरिक उड्ड्यन प्राधिकरण उडान अनुमति दिन बाध्य बनेको हो। उडान अनुमति नलिइकन सोसाइटी ट्राभलले यात्रुलाई टिकट बिक्री गरेको थियो। जापान उड्नु केही घण्टाअघिसम्म नेपाल एयरलाइन्सले उडान अनुमति पाएको थिएन।

निगम श्रोतका अनुसार निगमको जहाजले मंगलवार राति नौं बजे दुई सय साठी जना यात्रु लिएर नारिता उड्ने छ। आफूखुसी हवाईभाडा लिएर चार्टर्ड फ्लाइट गरेको पाइएपछि प्राधिकरणले कूटनीतिक माध्यमबाट भएका बाहेकका चार्टर्ड फ्लाइटमा प्रतिबन्ध लगाएको थियो।