‘सुगन्धि चक्षुले’ – चिनी कम रंग कडाको लिरिकल भिडियो सार्बजनिक

Entertainment

मानव सुबेदी र सुशील सुबेदीको शब्द रचना रहेको “सुगन्धि चक्षुले” बोलको गीतको लिरिकल भिडियो सार्बजनिक गरिएको छ । चलचित्र ‘चिनी कम रंग कडा ‘ को सो लिरिकल भिडियोमा स्वर तथा संगीत पनि मानवकै रहेको छ।

गणेशदेव पाण्डेको निर्माण तथा लेखन रहेको फिल्मलाई ओटिटि प्लेटफर्म मार्फत रिलिज गर्ने तयारी गरिएको छ । यस अघि फिल्मको टिजर सार्बजनिक गरिएको थियो ।

मानव सुबेदी, सुशील सिटौला, अनु थापा, सुर्य थापा, रबिन जंग थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा याकोपो राचलिक र लुक मौसेरीको छायांकन, मानव सुबेदीको पार्श्व संगीत र कृष्ण भण्डारीको सम्पादन रहेको छ ।