आयल इण्डियाको ग्यास भण्डारमा आगलागी, दुईको मृत्यु

News

काठमाडौं । आयल इण्डियाको ग्यास भण्डारमा आगलागी हुँदा दुई दमकलकर्मीको मृत्यु भएको छ ।

भारतको असमस्थित तिनसुकिया जिल्लामा पछिल्लो १५ दिनबाट ग्यास अनियन्त्रित भईरहेको बेला स्थिती अनियन्त्रित भएको कारणले आगो लागेको बताइएको छ ।

आयल इण्डियाका प्रवक्ता त्रिदिव हजारीले आगलागीमा परेर दुई दमकलकर्मीको मृत्यु भएको बताए ।

उनीहरुको शव आज विहान आगो लागेको ठाउँ नजिकै पानी वाला क्षेत्रमा पाइएको हो ।

उनीहरुको अवस्था हेर्दा आगो लागेपछि भाग्न खोज्दा पानीमा डुबेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

उनीहरु दुरलोभ गोगोई र टीकेश्वर गोहेनको रुपमा भएको छ ।

एजेन्सीको सहयोगमा