प्रधानमन्त्रीलाई सांसद थापाको प्रतिप्रश्न : मेडिकल सामग्रीको भ्रष्टाचार सूची राखेर बहस गर्न तयार हुनुहुन्छ ?

Politics

काठमाडौँ  – प्रधानमन्त्री केपी शर्मा ओलीलाई गगन थापाले प्रतिप्रश्न गर्दै मेडिकल सामग्री खरिदमा भएको भ्रष्टाचारका विषयमा आफू सूची नै अगाडि राखेर छलफल गर्न तयार भएको बताएका छन्। उनले भने, ‘उक्त भ्रष्टाचारका विषयमा सूची राखेर  संसदमा छलफल गर्न म प्रधानमन्त्रीज्यूलाई खुला आव्हान गर्छु । तयार हुनुहुन्छ ?’  प्रधानमन्त्रीको कोरोना सम्बन्धी भाषण सुनेपछि आफूलाई धेरै कुरा प्रधानमन्त्रीलाई थाहा नभएको महसुस भएको थापाले बताए । उनले व्यंग्य गरे, ‘उहाँलाई धेरै कुरा थाहा छैन । तर, थाहा छैन भन्ने पनि थाहा छैन । त्यसैले कुरा डरलाग्दो भयो।’

सांसद थापाले हङकङमा कोरोना परीक्षणका लागि नमुना यता मेसिन नभएर होइन, चाहिने किट नभएको कारण पठाएको स्मरण गराए । सरकारले पाँच वटा पिसिआर मेसिन किनेको तर सबै काम नलाग्ने भएको उनले बताए । यसैगरी क्वारेन्टाइन मापदण्ड पढ्न उनले सुझाए ।

उनले भारतबाट आएका व्यक्तिमा कोरोना संक्रमण रहेको प्रधानमन्त्री ओलीको भनाइमा पनि प्रतिवाद गरे। उनले प्रश्न गरे, ‘उनीहरु व्यक्ति हुन् कि नेपाली नागरिकरु उनीहरुको चिन्ता गर्ने र तयारी गर्ने सरकारले हो वा हामीले ’ नेपाली नागरिक भएपछि उनीहरु आउने थाहा भएकाले त्यसबारे जानकारी राख्ने र तयारी गर्ने काम गर्नुपर्ने बताए ।

उनले प्रधानमन्त्री गम्भीर भएका भए न्युजिल्यान्डको जस्तै प्रधानमन्त्री ओली नाच्ने अवस्था आइसक्ने बताए। उनले भने, ‘सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न सकेको भए न्युजिल्यान्डको जस्तै हाम्रो प्रधानमन्त्री नाचेको हेर्न पाइन्थ्यो ।’