काठमाडौं – जेठ ३२ सम्म जारी लकडाउनको आगामी रणनीतिबारे छलफल गर्नको लागि बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ ।
कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गतवर्ष चैत ११ गतेदेखि देशभर लागू गरिएको लकडाउनका कारण नागरिकलाई चर्को समस्या पर्न थालेपछि गत साता बसेको बैठकले उच्चस्तरीय समितीलाई लकडाउनको परिमार्जित खाका उपलब्ध गराउन २ दिनको समय दिएको थियो ।
आगामी असार १ गतेबाट लकडाउनलाई क्रमशः खुकुलो बनाउने नीति सरकारले लिएको छ ।