बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन

Politics

बालुवाटारमा सरकारविरुद्ध विरोध प्रदर्शन भएको छ । कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेर सरकारविरुद्ध प्रदर्शन भएको हो ।

लकडाउन सुरु भययता यति धेरै संख्यामा प्रदर्शन भएको पहिलो पटक हो । दुई दिन अघि पनि बालुवाटारमा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन भएको थियो । सो प्रदर्शनमा पनि प्रहरीले बल प्रयोग गरेको थियो ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले केही प्रदर्शनकारीलाई  प्रहरीले पानीको फोहोरा र अश्रुग्याससमेत प्रहार गरेर  तितरवितर पारेको छ ।