काठमाडौँ – काठमाडौँको छाउनीस्थित वीरेन्द्र अस्पतालमा कार्यरत एक सैनिकले छातीमा गोली हानी आत्महत्या गरेका छन् ।
बैतडीको सुर्मा गाउँपालिका(५ घर भएका डम्बरबहादुर विष्टले मध्यराति आत्महत्या गरेका हुन् । छाउनी अस्पतालका एक अधिकृतका अनुसार ‘मेडिकल कोर्स’ गरिरहेका विष्टले बिहीबार राति १२ बजेतिर ड्युटीमै रहेका बेला आफ्नो छातीमा आफैंले गोली हानेका हुन् ।
आफ्नो साथमा रहेको एसएलआरले छातिमा एक राउन्ड गोली हानेका हुन् । घटनास्थलमै उनको मृत्यु भएको सैनिक अस्पतालले जनाएको छ । उनले किन आत्महत्या गरे भन्ने कुरा अहले केही खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिले ती सैनिकको शव त्रिवि शिक्षण अस्तपाल लगिएको छ ।