डेट एक्सपायर हुन लागेका नेताको झुण्ड बोकेर के वैकल्पिक शक्ति बन्ला त रा.प्र.पा

Politics

केहि समय अगाडी ठुलै ताम झामका बीच ३ अध्यक्ष सहित एकीकरण भएको रा प्र पा रहरलाग्दो देखिएको थियो। राजतन्त्र प्रति जनता पनि बिस्तारै सकारात्मक बन्दै गएको आजको दिनमा राष्ट्रिय प्रजातन्त्र पार्टी एउटा नयाँ वैकल्पिक शक्तिको रूपमा उदाउने आंकलन गरिएको थियो।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ३२७ सदस्यीय एकीकृत केन्द्रीय समिति गठन गरेको छ । विधान तथा पार्टी एकीकरण ��म्बन्धी आधारपत्र बमोजिम अध्यक्ष कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको सहमतिमा हाललाई ३२७ जना रहनेगरी गठन गरेको पार्टीले जनाएको छ ।

त्यस्तै ८२ जनाको केन्द्रीय कार्य सम्पादन समिति पनि गठन गरेको छ । केन्द्रीय कार्य सम्पादन समितिमा ११ जना आमन्त्रित रहने व्यवस्था गरेको राप्रपाले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी विश्वबन्धु थापाको अध्यक्षतामा उच्चस्तरीय सल्लाहकार समिति र १३ सदस्यीय सचिवालय कार्य व्यवस्था समिति गठन गरेको राप्रपाले जनाएको छ ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द केन्द्रीय कार्य समिति र केन्द्रीय कार्य सम्पादन समितिमा पदेन सदस्य रहनु भएको छ । यसअघि पार्टी एकता घोषणा गर्दा थापा, राणा र लोेहनी अध्यक्ष रहने सहमति भएको थियो ।

तर मननयोग्य कुरा भने राष्ट्रिय प्रजातन्त्र पार्टीको यो जम्बो केन्द्रिय समितिमा युवा नेतृत्व अटाएका छैनन्।

जुन गोरु आए पनि कानै चिरेको भने झैँ युवा नेतृत्व भनेर बोलीमा मात्रै सिमित राख्ने व्यवहारमा नसमेट्ने चलनबाट राष्ट्रिय प्रजातन्त पार्टी पनि अछुतो देखिएन।

७० प्रतिशत उमेर ढल्केका वयोवृद्ध नेताहरुलेको दबदबा केन्द्रिय कार्यसमितिमा देखियो।

जनताले नरुचाएका कुनै समय प्रखर मण्डलेका बिल्ला भिरेका यी बृद्धहरुलाई बोकेर के राष्ट्रिय प्रजातन्त्र पार्टी वैकल्पिक शक्ति बन्न सक्ला त ?

केन्द्रिय समितिमा चुनिएका नामहरु हेर्नुहोस :