सरिता गिरीको प्रस्ताव अस्वीकृत
सरिता गिरीको प्रस्ताव अस्वीकृत
Gepostet von Instakhabar.com am Samstag, 13. Juni 2020
प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले समाजवादी पार्टीकी सांसद सरिता गिरिले दर्ता गराउनुभएको संशोधन प्रस्ताव अस्वीकृत गर्नुभएको छ ।
प्रतिनिधिसभाको सनिबारको बैठकमा सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलि २०७५ को नियम १ सय १२ मा उल्लेख भएका संशोधन सम्बन्धी सर्त पुरा नभएकोले संशोधन सुचनालाई अस्वीकृत गरिएको जानकारी गराउनुभएको हो ।
संविधानको दोश्रो संशोधन विधेयक माथि दफाबार छलफल गरियोस् भनी कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले राख्नुभएको प्रस्तावलाई बैठके सर्वसम्मतिले स्वीकृत गरेपछि सभामुखले दफावार छलफलमा सहभागी हुन पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई रोष्टममा बोलाएपछि सांसद गिरिले उठेर ध्यानाकर्षण गराउनुभएको थियो ।
लगत्तै सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलिको नियम १ सय १२ को १ मा उल्लेख भए बमोजिम संसोधन संम्बन्धी नियम पालना नभएकाले स प्रस्ताव अस्वीकृत गरेको जानकारी गराएपछि सांसद गिरी बैठक कक्षबाट बाहिरीनुभएको थियो ।
नियम १ सय १२ को १ मा “विधेयकको विषय संग सम्बद्ध हुनुपर्ने, विधेयकमा निहित सिद्धान्तको विपरीत हुन नहुने, अस्पष्ट वा निरर्थक हुन नहुने , जुन दफामा संशेधन गर्न खोजिएको हो सोही दफाके विषय सम्बद्ध हुनपर्ने, सभाद्धारा पूर्व स्वीकृत सिद्धान्त वा निर्णयको विपरीत हुन नहुने र विधेयकको कुन दफाको कुन व्यवस्था वा शब्दावली राख्न खोजिएको हो भन्ने कुरा स्पष्ट खुलाएको हुनुपर्ने उल्लेख छ । ”
नियम १ सय १२ को २ ले सभामुखलाई यही नियमको अधिनमा रहेर संशोधन स्वीकृत गर्ने ,अस्वीृकत गर्ने वा सम्बन्धित सदस्यलाई बोलाई त्यसमा सुधार गर्ने वा एकै आशयका एक भन्दा बढी संशोधन एकीकृत गरी स्वीकृत गर्ने अधिकार दिएको छ ।
सभामुखले नियम १ सय १२ को २ बमोजिमको अधिकार प्रयोग गरि सांसद गिरिीको प्रस्तावलाई अस्वीकृत गर्नुभएको हो ।