बागमती प्रदेशको नयाँ आर्थिक वर्षको वार्षिक बजेट घोषणा (लाइभ)

Economy

हेटौंडा, १ असार । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि वार्षिक बजेट घोषणा कार्यक्रम सुरु भएको छ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट प्रदेश सभामा अपरान्ह प्रस्तुत गर्न लागेको हो। बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँ बजेट ल्याउन लागेको हो।

प्रदेश सरकारले कृषि र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षमा ५० अर्बको बजेट ल्याउने तयारी गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। हिजो जेठ ३२ गते आइतवारबाट बजेटको तयारीका लागि गतेबाट प्रदेश सभामा छलफल भएको छ।

प्रदेश सरकारले आगामी वर्षको बजेटमा कृषि, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिएर बजेट तयार पारिएको मन्त्री ढुंगेलले जानकारी दिए। कोरोना प्रभावलाई मध्यनजर गर्दै आगामी वर्षको बजेट तयार पारिएको मन्त्री ढुंगेलले बताए।

आगामी आर्थिक वर्षको बजेटमा कृषिमा अनुदान भन्दा पनि कृषि ऋणलाई प्राथमिकता दिइएको, विदेशमा रहेका हजारौं युवा स्वदेश फर्कने तयारीमा रहेको र स्वदेशमै रहेका युवा पनि बेरोजगार रहेको अवस्थामा कृषिलाई प्राथमिकता दिएको मन्त्री ढुंगेलले बताए।

बागमती प्रदेश सरकारको बजेट आर्थिक वर्ष २०७७ /७८ काे बजेट कार्यक्रमको प्रत्यक्ष प्रसारण :