दैलेखमा थप ९१ जना कोरोना संक्रमण : संक्रमितको संख्या १००० नाघ्यो

News

काठमाडौँ – कर्णालीमा सोमबार एकै दिन ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ  ।

 कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखमा ९१ र सुर्खेतमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दैलेखका संक्रमित सबैभन्दा धेरै नौमुले गाउँपालिकाका छन् ।

सोमबार थपिएकासँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ७७ पुगेको छ  ।