अफगानिस्तानमा दोहोरो झडपमा सात तालिबानी लडाकू मारिए

International

काठमाडौँ – अफगानिस्तानको दक्षिण प्रान्त हेलमाण्डको गेरेशक जिल्लामा सुरक्षा अधिकारी र तालिबान लडाकूबीच भएको दोहोरो झडपमा परी सात लडाकू मारिएको जिल्ला प्रहरी प्रमुख मोहमद खपाल्वाकले बताएका छन् ।

आज बिहान सबेरै भएको यस दोहोरो झडपको क्रममा तालिबानी लडाकूहरू भागेका तर सातजनाको शव भने घटनास्थलमा फेला परेको बताइएको छ ।

तालिबान लडाकू समूहले भने यस विषयमा हालसम्म कुनै टिप्पणी गरेका छैनन् ।

छिमेकमा पर्ने संगीन जिल्लामा हिजो यस्तै प्रकारको झडप भएको र यसमा परी अन्य तीन लडाकू मारिएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।