अमेरिकाले पहिलोपटक लिम्पियाधुरासहितको नयाँ नक्सा स्विकार गर्यो
काठमाडौं । अमेरिकाले नेपालको नयाँ नक्सालाई स्विका��� गरेको छ । नेपालस्थित अमेरिकी राजदूतावासले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भूभाग समेटिएको नक्सा प्रयोगमा ल्याएको हो ।
सामाजिक सञ्जाल फेसबुमा एक पोस्ट गर्दा दूतावासले नेपालको आधिकारिक नक्सा प्रयोग गरेको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा भर्खरै मात्र प्रतिनिधिसभाले पारित गरेको छ । सरकारले पनि आफ्नो आधिकारिक प्रयोगका लागि नयाँ भूभाग समावेश भएको राजनीतिक नक्सा सार्वजिनक गरेको थियो ।
सरकारले आधिकारिक रुपमा नक्सा परिवर्तन गरेपछि नेपालमा रहेको अमेरिकी दूतावासले यसको प्रयोग हो । अमेरिकी दूतावास नेपालको आधिकारिक अद्यावधिक नक्सा सार्वजनिक रुपमा प्रयोग गर्ने पहिलो दूतावास हो ।
Gepostet von U.S. Embassy, Nepal am Montag, 15. Juni 2020