काठमाडौँ – भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय तीन पुगेको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसका संक्रमितको संख्या पनि तीन लाख ५४ हजार ६५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९७४ नयाँ संक्रमित फेला परेका हुन् । अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख ८६ हजार ९३५ संक्रमित निको भएर घर फर्किसकेका छन् । अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट ४ लाख ४६ हजार भन्दा बढिको मृत्यु भएको छ भने ८२ लाख ६६ हजार भन्दा बढि संक्रमित रहेका छन् ।