प्रहरीले गोंगबुको भीआइपी जुवाखालमा छापा मारेको छ । मंगलबार राति प्रहरीले गोंगबुको उक्त जुवाखालमा छापामारेको हो । बानियाँटारको पुल छेउमा उक्त जुवाखालमा बुढानिलकण्ठदेखि आएका महिलाहरू पनि रहेको बुझिएको छ । स्थानीयका अनुसार ती महिलाहरू पटके रहेका थिए ।
मंगलबार साँझ गोंगबु गणेशस्थानस्थित एक जुवाअखडामा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारी १२ जना जुवाडेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता राजकुमार केसीले पुष्टि गरेका छन । पक्राउ पर्नेमा ८ पुरुष र ४ महिला छन् ।
जुवा अखडाबाट २ लाख ७१ हजार रुपैयाँ बरामद भएको छ । पक्राउ परेका महिलाहरू उच्चपदस्त व्यक्तिहरूको श्रीमति रहेको बुझिएको छ । सोही कारण प्रहरीले उनीहरूको पहिचान खुलाउन मानेको छैन । पक्राउ परेकाहरूलाइ महानगरीय प्रहरी बृत्त महाराजगंजमा राखिएको छ ।