चीनको नियन्त्रणमा रहेका कर्णेलसहित १० भारतीय सैनिक रिहा

International

काठमाडौं – सीमा क्षेत्र लद्दाखको गलवान उपत्यकामा भएको झडपका क्रममा चीनको नियन्त्रणमा रहेका भारतका १० सैनिक रिहा भएका छन् ।

सोमबार राति दुई देशका सेनाबीच भएको झडपका क्रममा पक्राउ परेका कर्णेलसहित १० भारतीय सैनिकलाई चीनले बिहीबार साँझ मुक्त गरेको भारतीय सञ्चारमाध्यम द हिन्दुले जनाएको छ ।

यसको अर्थ भिडन्तका क्रममा चिनियाँ सेनाले भारतका १० सैनिकलाई नियन्त्रणमा पनि राखेका रहेछन् ।
त्यस रात भएकाे झडपमा २० भारतीय सैनिक मारिएका थिए ।
त्यसको तीन दिनमा चीनले आफ्नो कब्जामा रहेका १० भारतीय सैनिकलाई रिहा गरेको हाे। यस्तै झडपमा भारतका ७६ सैनिक घाइते भएको पनि बताइएको छ ।

त्यस क्रममा चीनतर्फ के कति क्षति भयाे भन्नेबारे भने चीनले अहिलेसम्म केही जानकारी दिएकाे छैन ।

सीमामा झडप हुनुमा दुवै देशले एकअर्कालाई दाेष दिइरहेका छन् । चीनले भारतीय सेनाले सीमकाे वास्तविक नियन्त्रण रेखा नाघेर आफ्नो भूमितर्फ आएर झडप गरेकाे दाबी गरेकाे छ भने भारतले पनि चिनियाँ सैनिकले सहमति उल्लंघन गरेको आरोप लगाइरहेको छ ।