काठमाडौँ – नेपाल बैंकर्स संघले तरलता बढाएर व्याजदर घटाउने उदेश्य सहित मौद्रिक नीतिका लागि राष्ट्रबैंक लाई सुझाव पठाएको छ ।
संघको आज बसेको बैंठकले राष्ट्र बैंकलाई तलरता बढाउने विभिन्न उपाय सहितको सुझाव पठाएको हो । बैंकर्स संघले संघीय, प्रदेश र स्थानीय निकायका सबै किसिमका सरकारी रकमको शत् प्रतिशत रकम बैंकहरुको स्रोत परिचालनमा गणना गर्ने व्यवस्था गर्न राष्ट्र बैंकलाई भनेको छ । यस्तै, बैंकर्स संघले अन्तरबैंक सापटीको समयलाई एक वर्षसम्म पु¥याउनु पर्ने सुझव दिएको छ ।
यस्तै ९० दिनभन्दा माथिको अन्तर बैंक सापटीलाई सीसीडी रेसियोमा गणना गर्न सक्ने व्यवस्था गर्न समेत बैंकर्स संघले राष्ट्र बैंकलाई सुझव दिएको छ । कुल निक्षेपमा कल निक्षेपको अंश १० प्रतिशत हुनुपर्ने व्यस्था हटाउनुपर्ने बैंकर्स संघको भनाई छ । हाल कुल निक्षेपमा कल निक्षेपको अंश ११ दशमलव २१ प्रतिशत रहेको भन्दै कल निक्षेपको अशं बजारमा नै १० प्रतिशतको सीमा भित्र नरहेको यथार्थतालाई मनन गर्न संघले आग्रह गरेको छ ।