काठमाडौँ – कोरोना भाइरस नियन्त्रणमा सरकारले देखाएको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै युवाहरुले शनिबार काठमाडौँस्थित शहिद गेट क्षेत्रमा लम्पसार परेर विरोध जनाएका छन ।
उनीहरुले सरकारले कोरोना नियन्त्रणमा सरकारले प्रभावशाली काम गर्न नसकेको भन्दै मृत्युको अभिनय गरेर सडकमै सुतेका हुन।
उनीहरुले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारको कमजोर प्रयास, विभिन्न क्षेत्रमा भएका भ्रष्टाचार तथा सरकारले त्यसप्रति गरेको अनदेखीको विरोधमा प्लेकार्ड बाकेका थिए ।
राष्ट्रियसभामा सम्बोधन गर्ने क्रममा कोरोना भाइरसलाई सामान्य भन्दै बेसार पानी खाए हुने प्रधानमन्त्री ओलीको भनाईको पनि उनीहरुले आलोचना गर्दै प्लेकार्ड बोकेका थिए ।
पीसीआर परीक्षण बटाउनु पर्ने, स्वास्थ्य सेवा बिस्तार गर्नु पर्ने बेला सरकार भ्रष्टाचारमा लिप्त भएर प्रधानमन्त्रीले बेसारलाई ओखतीका रुपमा प्रस्तुत गर्नु लाजको कुरा रहेको प्रदर्शनकारीले बताएका छन् ।