दुई वर्षदेखि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको नागरिकता विधेयक बहुमतले पारित भएको छ ।
समितिको आइतबार बसेको बैठकले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले सात वर्षपछि मात्रै नागरिकता पाउने गरी विधेयक पारित गरेको हो ।
निर्णयमाथि कांग्रेस तथा राजपाले फरक मत राखेका छन् । उनीहरुले नागरिकता ऐन २०६३ को प्रावधानलाई निरन्तरता दिनुपर्ने मत राखेका थिए । तर फरक मत छलफलका लागि सदनमा नजाने समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन्।