लकडाउनको नयाँ मोडालिटीको नियम पालना नगरी प्रवेश गर्न खोजेपछि नेपालगञ्ज र झापाबाट आएका तीनवटा बस र एउटा हाइससहित चालकलाई नागढुंगा नाकाबाट नियन्त्रणमा लिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
नेपालगञ्जबाट आएको बा४ख ७३६३, ना७ख ५३९५ नम्बरको बस र बा४ख ४५८० नम्बरको हाइस र झापाबाट आएको ना५ख ५८३४ नम्बरको बस र चालकलाई ट्राफिक प्रहरी र जनपथ प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।
लकडाउनको मौकाको फाइदा उठाएर सार्वजनिक बसहरूमा विना पास बढी भाडा लिई काठमाडौँ उपत्यका भित्रिदै गरेको सूचनाको आधारमा चेकजाँच गर्दा बस र चालकलाई नियन्त्रणमा लिइएको हो ।