स्वास्थ्य सामग्री खरिदको जिम्मा ओम्नीलाई दिँदा भएको अनियमिताबारे संसदीय समितिमा सोमबार छलफल हुँदैछ ।
संसद अन्तर्गतको लेखा समितिले छलफलका लागि सोमबार स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमन सिंहलाई बोलाएको छ ।
स्वास्थ्य सामग्री खरिदको जिम्मा ओम्नीलाई दिँदा ठूलो रकम अनियमितता भएको र सामग्रीको गुणस्तरमा पनि सम्झौता भएको आरोप छ । अनियमितता अभियोगपछि सामग्री खरिदको जिम्मा सरकारले नेपाली सेनालाई दिएको थियो ।
ओम्नीबाट स्वास्थ्य सामग्री खरिद गर्दा भएको भनिएको भ्रष्टाचारबारे छलफल गर्नका लागि सोमबार स्वास्थ्य सचिव र स्वास्थ्य सेवा विभागका महानिर्देशकलाईै बोलाइएको लेखा समितिले पनि जानकारी दिएको छ । लेखा समितिको बैठक बिहान ११ बजेपछि सिंहदरबारमा बस्नेछ ।