लकडाउन उल्लंघन आरोपमा भारतमा १२ जना नेपालीविरुद्ध मुद्दा

International

लकडाउन उल्लंघन गरेको आरोपमा भारतको एक अदालतमा १२ जना नेपाली तब्लिगी जमात सदस्यविरुद्ध कारवाही माग गर्दै मुद्दा दायर गरिएको छ ।

तब्लिगी जमातका १२ नेपाली सदस्यलाई आईपीसी र महामारी रोग ऐनअन्तर्गत मुद्दा दायर गरिएको भारतीय अखबार इन्डियन एक्सप्रेसले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

लकडाउनका बेला भेला हुन नपाउने नियमविपरीत उनीहरू भारतमा आयोजित एक भेलामा सहभागी भएको अभियोग लगाइएको छ । मुद्दा दायर गरिएका नेपालीको परिचय भने समाचारमा खुलाइएको छैन ।

यसैबीच, भारतीय प्रह���ीले दिल्ली, मणिपुर, हरियाणा र उत्तर प्रदेशका २२ अन्य तब्लिगी जमात सदस्यहरूविरुद्ध पनि छुट्टै मुद्दा दायर गरेको छ ।