संकटमा रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय गर्ने श्रमिक महिला

News

शहरका रात्रिकालीन मनोरञ्जनात्मक व्यवसायमा आधारित भई श्रम गर्ने महिनाहरु जटिल समस्यामा छन् ।

तलबभन्दा ग्राहकबाट पाइने टिप्सका भरमा गुजारा गर्ने ती महिलाहरु अहिले न्युनतम आवश्यकताको अभावमा छन् ।

समयमै ती महिलालाई अरु क्षेत्रमा पुनस्र्थापित गर्न नसकिए विकराल सामाजिक विसंगति सिर्जना हुने सम्भावना छ ।

बाध्यत्मक यौन क्रियाकलापबाट पुनस्र्थापित भएर मनोरञ्जनात्मक क्षेत्रको रोजगारीमा गएका महिलाहरु पुरानै काममा फर्किन थाले भने त्यसले गम्भीर सामाजिक समस्या सिर्जना हुनसक्छ ।

त्यसो त क्षेत्रपाटी, नयाँबजारको खोला किनारातिर चलाइएका कतिपय खाजाघरभित्र अहिले पनि यौन व्यवसाय फस्टाएको सूचना सोह्रखुट्टे प्रहरीले पाइरहेको छ । तर, प्रहरी टोली पुग्दा उनीहरु पहिल्यै तितरवितर हुने गरेका छन् ।

मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरुमा मेहेनत कम, आर्थिक उपार्जन बढी गर्ने बानी लागेका कारण वैकल्पिक पेशामा उनीहरु सजिलै पुग्न भने गाह्रो छ ।