क्वारेन्टाइनमा जन्मियो शिशु

News

प्युठानको एक क्वारेन्टाइनमा बसेकी गर्भवतीले शिशु जन्माएकी छिन् । मल्लरानी गाउँपालिका ४ को जनजागृति माध्यामिक विद्यालयको कसेरी क्वरेण्टाइनमा बसेकी १८ वर्षीया सीता खड्काले छोरालाई जन्माएकी हुन् । क्वारेन्टाइनमा सुत्केरी व्यथा लागेपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्र खलङ्गामा ल्याइएको थियो ।

आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य केन्द्रले जनाएको छ । खड्काको आरडीटी रिपोर्ट नेगेटिभ आएको छ । खड्का श्रीमानसँग यही असार १ गते भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएकी थिइन ।