स्वास्थ्य सुरक्षामा लापरवाही झापाको १५ वटै स्थानीय तहमा कोरोना संक्रमण पुष्टि

Health-Education

झापा जिल्लाका पन्ध्र वटा स्थानीय तहमा कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि भएको छ। महामारीको रुपमा फैलदैं गएको कोरोना संक्रमण जिल्लाका सबै स्थानीय तहमा पाइएको हो।

झापाका सबै स्थानीय तहमा कोरोनाको संक्रमण पुष्टि भएपनि भौतिक / सामाजिक दुरी पालना पालना गर्न स्थानीय सचेत देखिएका छैनन्। संक्रमणको जोखिम बढेपनि सामाजिक दूरी कायम गर्ने र लकडाउन उल्लंघनमा भने कमी आएको छैन। जिल्लामा संक्रमण बढ्दै जाँदा झापालीहरु संक्रमण प्रतिको बेपरवाह बन्दै जानु चिन्ताको बिषय बन्दै गएको छ।

झापाका सबै स्थानीय तहमा कोरोना संक्रण पुगिसक्दासमेत सर्वसाधारणमा भने चेतनाको स्तरबृद्धि हुन सकेको छैन। मानिसहरु भिडभाड गर्ने देखि मास्क नलगाईकन बाहिर निस्कने क्रम बढेसँगै कोरोना समुदायस्तरमै फैलनो जोखिम बढिरहेको छ। सर्वसाधारणमा अटेरीपन र कोरोना संक्रमणको जोखिम दुबै बढेपछि स्थानीय प्रहरी र संघ संस्थाको आह्वानमा भिडभाड हुने स्थान र पसलहरुमा भौतिक दुरी कायम गर्न गोलो घेरा अनिर्वाय बनाउन थालिएको छ।

झापामा कोरोना भाइरसको संक्रमण फैलदै गएको तर, सामाजिक दुरी कायम नराख्ने तथा अटेरिपन बढ्दै गइरहेकोले प्रहरीको आब्हानमा बिर्तामोड, दमक लगायत सक्रिय रहेका संघ-संस्थाले सचेतना अभियान संचालन गर्न थालेका छन्।

नगरपालिका, उद्योग बाणिज्य संघ, नेपाल चेम्बर्स अफ कमर्स झापा, रोटरी क्लब लगायतका दर्जन बढी संस्थाले स्वास्थ्य सुरक्षाका उपाय अप्नाएर मात्रै ब्यवसाय संचालन गर्न अनुरोध गरेका छन्।