पाटन अस्पतालमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु पुष्टि

Health-Education

पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण मृत्यु भएको छ।

बिहीबार विहान ७ बजेतिर मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले पुष्टि गरेका छन्। चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै आएका उनको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनलाई कोरोना संक्रमणको पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार हुँदै आएको थियो।

यस सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ।