सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा ९१ हजार ३००

Economy

सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य हालसम्मकै उच्च तोलामा ९१ हजार ३०० रुपैयाँ पुगेको छ ।

शुक्रबार तोलामा ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य साताको पहिलो दिन आइतबार तोलामा ७०० रुपैयाँले बढेर तोलामा ९१ हजार ३०० रुपैयाँ पुगेको हो । यसअघि असार ११ गते सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँ पुगेको रेकर्ड बनेको थियो ।

यसैगरी तेजावी सुन आइतबार ९० हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।  चाँदी प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।