हाम्रो नमस्ते अभियानका सद्भावना दूत महानायक राजेश हमालद्वारा #HAMRONAMASTE को शुरुवात

Entertainment

नेपाली रजतपटको दुनियाँमा एकछत्र राज गरेका महानायक राजेश हमालले विपदको बेलामा आफ्नो घर फर्किरहेका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई दुई हात जोडी नमस्ते गरेर स्वागत गर्न सबैमा आव्हान गरेका छन् ।
कोरोना भाइरसको सन्त्रासले विश्व नै त्रसित भैरहेको अहिलेको अवस्थामा हजारौंको संख्यामा विदेशमा रहेका नेपालीहरु सुरक्षित हुने आशाका साथ आफ्नै घर फर्किरहेका छन् । यसरी फर्किरहेका नेपालीहरुलाई विभेदपूर्ण व्यवहार नगर्न अनुरोध छ उन्को र उनले भनेका छन् “ढोका उभिएको छ जोडेर यही हात, नमस्ते गर्दै बारम्बार गरिरहन्छ स्वागत, जब घर बसालने मनमा आउँछ कुरा एकताद्धारा मात्र हुनेछ सो सपना पूरा ” ।
यतिमात्र नभई उनले कोभिड १९ लाई लक्षित गरेर आफ्नो हात सफा राख्न र परिवारको लागि स्वच्छ मन राख्न पनि आग्रह गरेका छन् ।
युनिसेफ नेपाल र युनिलिभर नेपालको सहकार्यमा संचालित हाम्रो नमस्ते अभियानका सद्भावना दूत महानायक राजेश हमाल रहेका छन् । उन्को यो सहभागीता र आव्हानले नेपालीहरुमा आपसी भाइचारा, सद्भाव र सह्रृदयताको भावना संचार गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
यतिखेर हामी सबै अनिश्चितता र चुनौतीसँग जुधिरेहका छौं र यसबाट पार पाउन हामी सबैले सबैलाई हार्दिकता व्यक्र गर्नु पर्दछ । ऐक्यबद्धताको लागि जुट्ने यो समयमा आउनुहोस्, घर फर्किएका आप्रवासी कामदारहरुको पक्षमा एक भएर उनीहरुको हौसला बढाऔं ।
राजेश हमालको आव्हान तल भिडियोमा हेर्नुहोस् ।

हरेक दिन हजारौ हजार हाम्रा नेपाली दाजूभाई दिदीबैनिहरू आफ्नो घर फर्किदैछन्।अाउनुहोस् उहॉहरूलाई न्यानो स्वागत गरौ नमस्तेकासाथ ।कृपया यो सन्देश सबैले Share गरौ #HamroNamaste कासाथ।

Gepostet von Rajesh Hamal am Dienstag, 23. Juni 2020