कोरोनाको जोखिम बढेको भन्दै मन्त्रालयले गर्‍यो यस्तो अनुरोध

News

काठमाडौं तथा घना बस्ती भएका ठाउँमा कोरोना भाइरस (कोभिड १९) को जोखिम बढ्दै गएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ । काठमाडौं उपत्यका तथा घना बस्ती भएको ठाउँहरुमा जाँदा २ मिटरको दूरी कायम गर्न, मास्क लगाउन, सावुन पानीले हाल धुन तथा वृद्ध वृद्धाहरुलाई सतर्क रहन मन्त्रालयले आग्रह गरेको हो ।

साथै अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन समेत मन्त्रालयले आग्रह गरेको छ ।

सोमवारको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मानिसहरुले हेलचेक्रयाई गरेकाले पाइएकाले मन्त्रालयले त्यस्तो आग्रह गरेको बताए ।

सोमबार थपिएका ४७६ जना संक्रमितमध्ये काठमाडौंका ६, ललितपुरका १ र भक्तपुर १ जना रहेका छन्। लामो समय लकडाउन गुजारेर सामान्य जीवनमा फर्कने अभ्यास गर्दा अत्याधिक भिडभाड हुने ठाउँहरुमा संक्रमण तिव्र रुपमा फैलिन थालेपछि जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले सबैको ध्यानाकर्षण गराएको छ ।