नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन

Politics

नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएको छ। मुटुमा समस्या आएपछि बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा उपचार गरिएकी छन्त्यालको आज निधन भएको हो ।

उहाँको आइतबार मुटुको ३ वटा भल्ब अबरुद्ध भएपछि शल्यक्रिया गरिएको थियो। उहाँको आजै पशुपति आर्यघाटमा अन्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ । उहाँ नेपाली काँग्रेसबाट समानुपातिक सांसद हुनुहुन्थ्यो । २०७० को संविधान सभा निर्वाचनमा भने उहाँ बागलुङबाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो ।

छन्त्यालकी श्रीमान, दुई छोरा र दुई छोरी हुनुहन्छ। छन्त्यालको निधन भएपछि कांग्रेसको आजका लागि तय भएको केन्द्रीय कार्य समितिको बैठक र संसदीय दलको बैठक स्थगित गरेको छ ।