कतारबाट आज १५४ जना नेपालीहरू स्वदेश फर्कदैँ

News

कतारको दोहाबाट आज १५४ जना नेपालीहरू स्वदेश फर्किएका छन् । पहिलो चरणको सातौं उडानबाट उनीहरू काठमाडौँ आएका हुन् । कतारस्थित नेपाली राजदूतावासका अनुसार आज ६ जना महिला र १४८ जना पुरुष हिमालय एयरलाइन्सको जहाजमार्फत स्वदेश फर्किएका हुन् ।

प्राथमिकतामा परेका र स्वदेश फर्कनै पर्ने नेपालीहरुलाई पठाइएको दूतावासले जनाएको छ । उनीहरुलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा दूतावासका प्रतिनिधिले विदाइ गरेका थिए ।