ब्याण्ड, बाजा ,बारात सबै क्वारेन्टाईनमा

News

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणलाई वास्ता नगरी हुलका हुल जन्ती लिएर विवाह गर्न पुुगेको परिवारलाई विवाह निकै महंगो सावित भएको छ ।

भारतको राजस्थानस्थित भीलवाडामा बेहुला सहित जन्ती गएका १५ जनामा कोरोना ���ंक्रमण पुष्टि भएसंगै सरकारले जन्ती जाने २ सय २७ जनालाई क्वारेन्टाईनमा राखेको छ भने । उनीहरुको उपचारमा लाग्ने रकम बेहुुलाको परिवारबाट असुल्ने निणर्य गरेको भारतीय मिडियाले जनाएका छन् ।

भारत सरकारको लकडाउनको समयमा विवाह समारोहमा ५० भन्दा बढी मानिस जम्मा हुन नपाइने कानुनलाई लत्याउँदै उक्त परिवार २ सय ५० जन्ती बोकेर बेहुलीको घर पुगेको थियो । १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।