स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री गंगालाल हृदय रोग केन्द्रमा

Politics

स्वास्थ्यमा समस्या भएपछि प्रधानमन्त्री केपी शर्मा ओली गंगालाल हृदय रोग केन्द्रमा पुग्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्रमा पुग्नुभएको हो । मुटुमा केही समस्या भएपछि उहाँ केहीबेर अघि अस्पताल पुग्नुभएको हो ।

गत आइतबारदेखि जारी स्थायी कमिटी बैठकमा सहभागी भइरहनुभएका ओलीलाई धपेडी भइरहेको थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँलाई बुधबार दिउँसो गंगालाल हृदय रोग केन्द्रमा लगिएको हो । प्रेस सल्लाहकार सूर्य थापाले भने नियमित चेकजाँचका लागि प्रधानमन्त्री ओली अस्पताल जानु भएको जानकारी दिएका छन् ।

बुधबार बालुवाटारमै उहाँसहितको उपस्थितिमा नेकपा स्थायी कमिटीको बैठक बसेको थियो । उक्त बैठकमा बोलेका पाँचमध्ये चारजना सदस्यहरुले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए।