पछिल्लो समय नेपाली चलचित्र क्षेत्रकी केही अभिनेत्रीहरूले अन्तर्वार्तामा बोलेका कुराहरू लगातार विवादमा तानिन थालेपछि कलाकार दिपकराज गिरीले इन्टरभ्युदेखि होशियार रहनुपर्ने बेला आएको बताएका छन् ।
उनले कलाकारहरुलाई विवादमा ल्याउने काम टेडा मेडा प्रश्न गर्ने पत्रकारहरुले गरिरहेकोले उनीहरुसँग सावधान रहनुपर्ने बताएका छन् । सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेख्दै गिरीले पत्रकारको नियत नबुझ्ने समस्याका कारण कलाकारहरु फन्दामा परिरहेको आशय व्यक्त गरेका छन् ।
आज म लेख्दैछू……interview देखि होशियार!!!केहि दिन देखि देखिरहेको छू कलाकारहरू ले interview मा बोलेको कुरा एकपछि…
Gepostet von Deepak Raj Giree am Dienstag, 30. Juni 2020