केही दिन अगाडिबाट सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै आफूमाथि चलचित्र क्षेत्रमा काम गर्दा भोगेको दुर्व्यवहारको बारेमा बताएकी बताएकी नायिका साम्राज्ञी राज्य लक्ष्मी देवी शाहले आफूमाथि भएको दुर्व्यवहारको व्र्यवहारको बारेमा बारे बोल्दा सहयोग र समर्थन गर्ने सबैलाई धन्यवाद दिएकी छन्। । अहिलेसम्म तीनओटा भिडियो मार्फत आफूले भोगेको अनुभव, अनि युट्युब लगायत चलचित्र पत्रकारिताको बारेमा उनले बताएकी थिइन्।
अहिलेसम्म तीनओटा भिडियो मार्फत आफूले भोगेको अनुभव, अनि युट्युब लगायत चलचित्र पत्रकारिताको बारेमा उनले बताएकी थिइन्।
हालै सार्वजनिक उनको भिडियोमा उनले यो कुरा ढिला बाहिर ल्याउनुको कारण बताएकी छन्। साथै आउने दिनमा यस्तो परेमा कानुनी उपचारमा जाने बताएकी छन्। उनको पछिल्लो भिडियोमा भनिएको कुरा यस्तो छ,
‘धेरै जनालाई एउटै कुरामा उत्सुकता छ, ‘कुरा पहिला किन नभनेको अहिले किन भनेको ?’
म पागल छु,
एक त नयाँ नायिका, त्यो माथि पनि म बच्चा नै थिएँ, मैले यो कुरा निकाल्न खोज्दा मलाई धेरै जनाले रोक्न खोज्नुभयो।
एउटा सानो अन्तर्वार्तामा मैले आफ्नो संघर्षको बारेमा कुराकानी गर्दा त्यसलाई घुमाएर मलाई नै नराम्रो बनाइयो। नचाहिँदो समाचार निकालियो। मेरो परिवारलाई कति नराम्रो लाग्यो, ममाथि परेको कुराले भन्दा पनि मैले सत्य बोल्दा पनि शक्तिको खेलमा कुरा कता पुर्याइने रहेछ। उहाँहरुलाई चित्त दुख्यो, उहाँहरुले अब यो कुरा ननिकाले हुन्छ भन्नुभयो।
मलाई नि यो कुरा झन लुकाउन मन लाग्दैन, तर मैले परिवारलाई नदुखोस भनेर चुप बसे। त्यही पछि पनि मैले काम गरिरहेँ। खाली बसिन।
मलाई नराम्रो अनुभव भएको तीनओटा चलचित्रपछि मैले यो क्षेत्रमा यस्तै मान्छे नै हुँदोरहेछ, बाहिर हेर्दा मात्र राम्रो, भित्र त नराम्रो, डरलाग्दो हुँदो रहेछ भन्ने लाग्यो। मैले अब म नगर्ने भनेर बसिसहेको थिएँ।
मामुले मलाई सम्झाउनुभयो, यत्रो दुख गरिसकेपछि मेहनत गरिसकेपछि किन त पछाडि जान्छेस् भनेर सम्झाउनु भयो। राम्रो चलचित्र गर्दै गर, पछि तेरो आफ्नो ठाउँ भइसकेपछि मानिसले तैले बोलेको कुरा सुन्छन् भनेर साथीहरुले सल्लाह थिए। त्यसपछि मैले जतिपनि चलचित्रमा काम गरे, उहाँहरुले मेरो आँखा खोल्दिनुभयो। आर्यन दाई, शिशिर दा, पुनम दिदी उहाँहरु साँच्चै नै राम्रो मान्छे।
त्यसपछि मलाई आशा आयो, राम्रो चलचित्र बनाउने मान्छेहरु पनि छन्। चलचित्र क्षेत्रमा धेरै किसिमको राजनीति हुन्छ, अरुको चलचित्र चलेको देख्दा डाहा गने, रीस गर्ने। यसमा मलाई पर्नु पनि छैन।
जब मैले राम्रो निर्माता, निर्देशनसँग काम गरे तब मलाई किन मैले नराम्रो गरिरहेको छु जस्तो लागिरह्यो। क्वारेन्टाइनको बेलााम मेरो दिमागमा यो कुरा चलिरहेको थियो, मलाई लाग्यो यो कुरा बाहिर ननिकाल्दासम्म मलाई सजिलो हुन्न।
राम्रो कुरा हामीसँग केही दिन मात्र टिक्छन् तर नराम्रो चिज हामीसँग लामो समय रहिरहन्छ। दिमागमा छापिएको ट्��ाटु जस्तो भयो। यो सबै कुराहरु मैले भनेपछि मलाई धेरै हलुका भइरहेको छ। मैले अगाडिका दिनमा पनि यस्तो भयो भने के गर्नुपर्छ भनेर वकिलसँग कुराकानी गर्छु।
त्यतिबेला मलाई कानुनी प्रक्रियाको बारेमा थाहा थिएन। म अहिले पनि सिक्दै छु। मलाई ठूला ठूला कलाकारले मलाई सिकाइरहेका छन्।
अन्त्यमा म के भन्न चाहन्छु भने, तपाईहरु कोही हुनुहुन्छ जसलाई यो समस्या छ, कलाकार नै हुनुपर्दैन, जुन सुकै क्षेत्रको महिलाहरु काम गर्ने ठाउँमा यस्तो अवस्था भयो भन्नु पर्छ। हुन त मलाई भएको जस्तो सबैलाई भएको छ भन्ने हैन। मलाई पनि थाहा छ यो कुरा धेरै पुरानो हो र भन्नलाई पनि धेरै नै ढिला भईसकेको छ। भविष्यमा यस्तो कुरा नहोस् र भयो भने के गर्नुपर्छ भनेर म बुझ्छु, तपाईहरुले पनि बुझ्नुपर्छ।
फेरि यस्तो कुरा भयो भने म कानुनी रुपमा जान्छु। मलाई बुझ्ने सबैलाई, मेरो भिडियो हेर्ने र शेयर गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु।’