कैलाली जिल्लाको दक्षिणी क्षेत्रका ३७ घर डुवानमा

News

वर्षासँगै नदीमा पानीको बहाव बढेपछि कैलाली जिल्लाको दक्षिणी क्षेत्रमा ३७ घर डुवानमा परेका छन् । जोशीपुर गाउँपालिकामा २० घर, बर्दगोरिया गाउँपालिकामा १६ घर, घोडाघोडी नगरपालिकामा १ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार डुबानमा परेकामध्ये केही घरमा क्षतिसमेत पुगेको छ ।

जोशीपुर गाउँपालिका– ३ का हिरालाल चौधरीको घर पानी पसेर भत्किएको र उनको परिवारलाई उद्धार गरेर अन्यत्रै राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।

बर्दगोरिया गाउँपालिकामा बास्कोटी खोलामा बाढी आएपछि १६ घर डुबानमा पर्नुको साथै केही चौपाया बगाएको छ । त्यस्तै नदीले स्थानीयको एउटा माछा पोखरीसमेत बगाएको छ ।