नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ । नेकपाभित्र सहमति जुट्न नसकेको नेताहरुले बताइरहेको बेला शनिबारका लागि तय भएको बैठक सोमबारसम्मका लागि स्थगित भएको हो ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गम्भीर छलफल गर्नुपर्ने भन्दै थप समय मागेपछि नेताहरु बैठक स्थगित गर्न राजी भएका हुन् ।