व्यापार नहुदा साना व्यावसायीमा व्याज र घर भाडा तिर्न समस्य : आन्दोलन गर्ने चेतावनी

News

तीन महिना भन्दा लामो लकडाउनका कारण बन्द रहेका अधिकांश व्यापार व्यावसाय हरु खुलिसकेका छन् । तर, व्यापार भने फिटिक्कै छैन । यती बेला व्यावसायीलाई घर भाडा देखि बैंकको व्याज तिर्न समेत हम्मे हम्मे परेको छ । यस्तो अवस्थामा व्यापार बन्द गरेर व्यावसायी पलायन हुने चिन्ता पनि बढेको छ ।

देशमा बन्दाबन्दी लागू गरिएपछिको ३ महिनामा नेपालको अन्तर्राष्ट्रिय व्यापारमा ५० प्रतिशत गिरावट आयो । समग्रमा चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा १४.३३ प्रतिशतको गिरावट आए पनि ३ महिनाको अवधिमा भने झण्डै ५० प्रतिशतले व्यापार खुम्चीयो ।  यसको प्रभाव प्र्रत्यक्ष रुपमा व्यावसयीलाई परेको छ  ।

व्यावसायीलाई एका तिर बैंकको व्याजदर तिर्न नसक्कनु  पिडा छ भने अर्कोतर्फ घर भाडा र कर्मचारी नै पाल्न नसक्नुको समस्या छ । यसमा सरकारले कुनै सहुलीयत दिन सकेको छैन । यो अवस्थाको न्युनीकरण नभए चाभि बोकेर सडकमा उत्रनुको विकल्प नभएको व्यावसायीले बताई रहेका छन ।

उद्योगी व्यवसायीहरुले कोरोना महामारीका कारण बैंकको किस्ता भुक्तानी गर्न समस्या भएको भन्दै सरकार लाई भाका सार्न आग्रह गरिरहेकका छन ।  साथै आगामि आर्थिक बर्षका लागि आउने मौद्रिक नीतिमा बिनाधितो कर्जाको व्यवस्था मिलाउन र घर भाडा छुटकको व्यावस्था मिलाउन आग्रह समेत गरिरहेका छन ।

कोभिड–१९ को महामारीले थला परेको अर्थतन्त्र उकास्न ‘पब्लिक कन्फिडेन्स’ को खाँचो रहेकाले त्यसलाई मौद्रिक नीतिमा समेटेन राष्ट्रबैंक लाई चुनौति छ । साथै मौद्रिक नीतिमा बजेटले समेट्न नसकेका विषय लाई प्राथमिकता दिन पनि जरुरी देखिन्छ । नभए व्यापसायि पलायन हुनैनन् भन्न सकिन्न ।