विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोरोना संक्रमित बिरामीमा हाइड्रोक्सिक्लोरोक्विन र लोपिनएभिरररिटोनाभिर औषधि बन्द गर्ने बताएको छ ।
मलेरियाको उपचारमा प्रयोग गरिने हाइड्रोक्सिक्लोरोक्विन र एचआईभीका बिरामीलाई दिइने लोपिनएभिरररिटोनाभिर औषधिबाट कोरोना संक्रमितको मृत्युदर रोक्न सफलता हात नपरेको भन्दै यो औषधि बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले भनेको छ, ‘मेडिकल परीक्षणका क्रममा हाइड्रोक्सिक्लोरोक्विन र लोपिनएभिरररिटोनाभिरको प्रयोगबाट कोरोना बिरामीको मृत्युदरमा अत्यन्तै न्यून र करिब शून्य बराबर कमी आयो, त्यसैले यो औषधिको परीक्षणमा रोक लगाइनेछ ।’