गंगालालमा उपचार गराइरहेका ७ जनामा कोरोना संक्रमण

Health-Education

काठमाडौँको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत् ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले उनीहरूमा संक्रमण भएको पुष्टि गरेका हुन् । यसबारे मन्त्रालयले नै औपचारिक जानकारी गराउने अस्पतालले बताएको छ ।

अस्पतालको आकस्मिकबाहेक सबै सेवा अर्को सूचना नआइन्जेल सम्मको लागि स्थगित गरिएको छ । उपत्यकाका अस्पतालहरूमा नै संक्रमणको जोखिम बढिरहेको छ । यसअघि पनि काठमाडौं मेडिकल कलेज, टिचिङ अस्पतालका बिरामी र स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको थियो ।

सरकारले अस्पतालहरूमा पनि जोखिम बढेको भन्दै अस्पतालको आकस्मिक कक्ष र आइसियूमा भर्ना भएका बिरामीको परीक्षण गर्ने पनि जनाएको छ।