पाटन अस्पतालमा मृत्यु भएका गोरखाका युवकमा कोरोना पुष्टि

Health-Education

पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोरखाका युवकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । युवकलाई झुन्डिएको अवस्थामा परिवारले फेला पारेका थिए। लगत्तै परिवारले डोरी काटेर उनलाई गोरखाको एक निजी अस्पताल पुर्‍याएका थिए ।

अस्पतालले अवस्था गम्भीर रहेको भन्दै पाटन अस्पताल ‘रिफर’ गरेको थियो। हिजो मृत्यु भएपछि कोरोना परीक्षण गर्दा संक्रमण पोजेटिभ देखिएको हो ।