समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीच एकीकरणपछि बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगको बुधबार बसेको बैठकले जनता समाजवादी दल दर्ताको निर्णय गरेको हो । आयोगमा पुगेर सरिता गिरीले आफूविरूद्ध समाजवादी पार्टीले गरेको कारबाहीबारे पनि निवेदन दिएकी छन् ।